News Portal

धुलावारीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

रातोपोस्ट संवाददाता
१०२९ पटक

झापा , ४ जेठ  । झापाको धुलावारीमा गएराती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका – ९ तल्लो मागुरमाडी  स्थायी घर भएका ४५  वर्षीय श्याम राईको  हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीका इन्सपेक्टर बिकास राईले जानकारी दिए ।

गएराति  १२:३० बजे गाउँमा आएको जंगली हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी  घाइते बनाएको थियो । घाइते राईलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान २ः३० बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्