News Portal

निषेधाज्ञा कहर : बिरामी कुरुवा भोक भोकै

रातोपोस्ट
५१० पटक

धनकुटा, ४ जेठ  कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् ।

होटल बन्द भएका कारण खाना खान नपाउँदा विरामी कुरुवा भोकभोकै बस्न बाध्य भएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गर्यो । तर, संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गएपछि बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

होटल, रेष्टरेन्ट, खाजा तथा चिया पसलहरु बन्द गराइएको छ । अस्पतालबाट घर नजिक हुँनेहरुले घरबाटै खाना ल्याएर खाने गरेका छन् भने बजारमा आफन्त हुनेहरुलाई पनि खासै गाह्रो छैन । तर, टाढाबाट उपचारका लागि धनकुटा जिल्ला अस्पताल आएकाहरुले खान नपाएर भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् ।छोरा विरामी भएर उपचारका लागि धनकुटा जिल्ला अस्पताल लिएर आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमर्जुङका खगेन्द्र भट्टराईले होटल बन्द हुँदा दुई दिनदेखि खाना खान नपाएको गुनासो गरे ।

‘हस्पिटल आसपासका सबै होटलहरु बन्द छन्, होटल नखुल्दा खाना खान पाइएन् ।’ उनले भने, ‘यहाँ भएका क्यान्टिनमा पनि खान खुवाउन छोडेका रहेछन्, केही उपाय नपाएपछि चाउचाउको भरमा दिन कटाउँनु परिरहेको छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्