News Portal

जन्मदिनको अवसरमा काेराेना संक्रमितका लागि हर्लिक्स सहयोग

रातोपोस्ट संवाददाता
५७८ पटक

झापा, ४ जेठ । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाले जन्मदिनको अवसरमा झापाकाे बुद्धशान्ति गाउँपालिकामा कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ ।

बुधबारे जेसीजका सदस्य तिम्सिनाको संयोजकत्वमा सोमबार गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, बुद्धशान्ति- ३ का वडाध्यक्ष कमल उप्रेती, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीकाे उपस्थितमा आइसाेलेसनमा रहेका  बिरामीलाई १७ थान हर्लिक्स हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

उमेश तिम्सिनाकाे जन्मदिनको अवसर पारेर सो कार्यक्रम गरिएको बुधाबारे जेसीजका निबर्तमान अध्यक्ष नन्दकुमार याफू राईले बताए । जेसीज मानवताकाे सेवामा समर्पित संस्था भएकाले आफूहरूले सकेकाे याेगदान गरेकाे बुधबारे जेसीजका अध्यक्ष वाग्लेले बताए । हर्लिक्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भुजेलले काेराेनाकाे जटिल समयमा जेसीजले गरेकाे कार्यको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस्