News Portal

कोरोना संक्रमणकाे कारण मेचीनगरपालिकाका कर्मचारी निराैलाकाे निधन

रातोपोस्ट संवाददाता
५६५ पटक

झापा, ४ जेठ । झापाको मेचीनगर नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारीकाे कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण पश्चात भेन्टिलेटरमा रहेर बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत रहेका नगरपालिकाका कर्मचारी महेन्द्र निराैलाकाे आज विहान ८ः३० बजे  मृत्यु भएकाे नगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

मेचीनगर वडा नम्बर- ७ निवासी ३५ बर्षीय निरौलामा १२ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिए पछि ९ दिन अघि बिएण्डसी अस्पताल भर्ना गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

उनीको परिवारमा हजुरबुवा, हजुरआमा, श्रीमती, १ छोरा छन् । कोरोना संक्रमित हजुरआमा घरमै आइसोलेसनमा रहेकाे  पारिवारीक श्रोतले जानकारी दिएको छ । योसँगै मेचीनगरमा कोरोनाको दोेस्रो लहरको संक्रमण पछि निधन हुनेको संख्या ९ पुगेको छ । नगरमा हालसम्म २९१ संक्रमित रहँदा २० जना कोरोेनामुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्