News Portal

बारा घटना: थप अनुसन्घानका लागि प्रहरीले कुकुर बोलायो

रातोपोस्ट संवाददाता
७२४ पटक

काठमाडौं, ४ जेठ । बारामा दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । निकै विभत्स तरिकाले गरिएको हत्याको थप अनुसन्घानका लागि प्रहरीले कुकुर बोलाइएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

‘थप अनुसन्धानलाई तालिम प्राप्त कुकुर बोलाएका छौँ । निकै शुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ ।’ प्रवक्ता मिश्रले बताए । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव बिहान फेला पेको थियो ।

उनीहरु हिजो बेलुकादेखि बेपत्ता भएका परिवारले बताएका छन् । घटनास्थलमा शिल गरि प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिकृया दिनुहोस्