News Portal

जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

बबिता ओली
३७५ पटक

कोरिया, ५ जेठ । कोरोनाको उपचारका लागि एक हप्ताअघि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको सहकार्यमा यो अस्पतालमा खोलिएको हो ।

अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् । स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । संकलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभियन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्