News Portal

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

रातोपोस्ट संवाददाता
८१२ पटक

काठमाडौं, ६ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ संकट व्यवस्थापन २०७८ अध्यादेश जारी गरेकी हुन् ।

वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् । त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्