News Portal

झापामा काेराेना अपडेट : २६५ संक्रमित, १०५ काे डिस्चार्ज

रातोपोस्ट संवाददाता
१४०९ पटक

झापा, १६ जेठ । पछिल्लो २४ घण्टाभित्र झापाका थप २६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १२६ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणका १९१ जना र एन्टिजेन परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगरका २१ महिलासहित ३२ जना छन् ।यस्तै, बिर्तामोडका १३ महिलासहित ३१ जना, भद्रपुरमा १४ महिलासहित २८ जना, अर्जुनधाराका ९ महिलासहित २३ जना, कनकाईका ११ महिलासहित १९ जना, हल्दिबारीका ७ महिलासहित १९ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, झापा गाउँपालिकामा १२ महिलासहित २८ जना, कमल गाउँपालिकामा ११ महिलासहित २० जना, बाह्रदशीमा ७ महिलासहित १९ जना, बुद्धशान्तिमा ४ महिलासहित ७ जना, शिवसताक्षीमा ६ महिलासहित १० जना, कचनकवलमा ३ महिलासहित ७ जना, गौरादहमा १ महिलासहित ३ जना र गौरीगञ्जमा १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै झापामा कुल संक्रमितको संख्या १० हजार ३६६ पुगेको छ भने ४ हजार ५० जनाको उपचार भइरहेको छ । आजै १०५ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ६ हजार ५ पुगेको छ ।बितेको २४ घण्टामा झापाका ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा २ महिला र ४ पुरुष छन् । याे सँगै झापामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २४० पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्