News Portal

झापामा काेराेना अपडेट : २ सय ७९ संक्रमित थपिए, १२६ काे डिस्चार्ज

रातोपोस्ट संवाददाता
४५१ पटक

झापा, १८ जेठ । झापा आज २ सय ७९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२६ जना संक्रमितको डिस्चार्ज भएका छन । योसँगै झापामा डिस्चार्जको हुनेको संख्या ६ हजार २ सय ३८ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज सबैभन्दा धेरै भद्रपुरमा ४३ र विर्तामोडमा ४२ जनाका कोभिड पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ । यस्तै, आज झापामा ५ जना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा बुद्धशान्ति,अर्जुनधारामा २/२ र मेचीनगरमा १ जना रहेका छन् । झापामा कोभिडबाट मृत्यू हुनेको संख्या २४७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्