News Portal

मजदुरको सहारा बन्दै वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ

रातोपोस्ट संवाददाता
१०३४ पटक

झापा, जेठ १९ । विश्वमा तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागू गरेको लकडाउनले काम ठप्प हुँदा खानलाई समस्यामा परेको मजदुरको सहारा वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ बनेको छ ।

वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले देशभरका अतिविपन्न मजदुरका परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । खाद्यान्न विरतण कार्यक्रम अन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोड, दमक, शिवसतासी र मेचीनगरका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १७० विपन्न परिवारलाई राहत वितरण गरिएकाे ट्रेड युनियन महासंघका संयोजक डीबी सर्वश्रेष्ठले जानकारी दिए ।

झापाका विभिन्न क्षेत्रमा रहेर काम गर्ने मजदुरका परिवारकाे संख्या हेरी कम्तिमा प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको संयोजक सर्वश्रेष्ठले बताए । महासंघले झापा जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । महासंघमा आवद्ध मजदुर संगठनमा रहेका सदस्यहरुबाट सहयाेग लिएर राहत वितरण गरिएकाे जनाइएको छ ।

झापाको खाद्यान्न वितरण कार्यक्रम केशाङ लामाको नेतृत्वमा रहेकाे थियाे । महासंघले देशभर काठमाडौं, ललितपुर, भक्तपुर, नारायण , बुटवल र धरानमा पनि राहत वितरण गरेका संयोजक डीबी सर्वश्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्