News Portal

नेपाललाई ५० लाख कोरोना खोप दिने अमेरिकाको घोषणा

रातोपोस्ट संवाददाता
५६६ पटक

काठमाडौ, २० जेठ । अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेकाे  छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले जानकारी दिएका छन् ।

उनले लेखेका छन् – सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्