News Portal

राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा थप्पड प्रहार [भिडियो]

रातोपोस्ट
९४३ पटक

एजेन्सी, २६ जेठ । फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोन दक्षिणपूर्वी फ्रान्सको भ्रमणको क्रममा थिए। सोही बेला मंगलवार उनीमाथि थप्पड प्रहार भएको छ । टिसर्ट लगाएका व्यक्तिले उनीमाथि हमला गरेका हुन् । भ्रमणका क्रममा भिडमा पुगेका बेला आफू नजिकै बोलाई ती व्यक्तिले म्याक्रोनलाई थप्पड हानेका थिए। थप्पड प्रहार गर्नु अघि ती व्यक्तिले म्याक्रोन मुर्दावाद भन्दै नारा लगाएका थिए।

थप्पड प्रहार हुनसाथ राष्ट्रपतिका सुरक्षाकर्मीले ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। सञ्चारमाध्यमहरुका अनुसार उक्त घटनामा दुई जना व्यक्ति पक्राउ परेका छन्। यतिबेला म्याक्रोन देश दौडाहामा छन्। यद्यपि मानिसहरुसँग भेट्ने कार्यक्रम भने थिएन।

मंगलवार ड्रोम क्षेत्रको एक हाइस्कुलमा पुगेर फर्केको बेला उनको समर्थनमा नाराबाजी गर्न थाले। त्यसपछि उनी ती मानिसहरुसँग भेट्न पुगे। सोही बेला उनीमाथि आक्रमण भएको हो। फ्रान्समा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ। यो आक्रमणले आफ्नो देश दौडाहा नरोकिने म्याक्रोनले बताएका छन्।

 

 

प्रतिकृया दिनुहोस्