News Portal

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोधमा ६ जना पक्राउ

रातोपोस्ट संवाददाता
४१३ पटक

काठमाडौ, २७ जेठ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सले प्रदर्शन गरेको हो।

प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

अलायन्सले पक्राउ परेका सबैलाई विनाशर्त रिहा गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन खोजेको भन्दै अलायन्सले विरोध प्रदर्शन गरेको हो।

प्रतिकृया दिनुहोस्