News Portal

ढुंगागिटी काण्ड : मेचीनगरका राजनितिक दलको एउटै आवाज दोषीमाथि कारवाही होस्

रातोपोस्ट संवाददाता
९३७ पटक

झापा, २८ जेठ । झापाको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यलाई आज ५ दलका जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् । नगरका मेयर आचार्यलाई भेटेर नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नगर समितिले ज्ञापनपत्र बुझाएका हुन । नगरमा नदिजन्य पदार्थ उत्खनन गरेर राजश्व अपचलन गरि फर्जी रसिदकाे प्रयोग भएकाेले दाेषीहरुलाई कार्वाहीकाे माग गर्दै ५ दलका जनप्रतिनिधिहरु नगर समक्ष ज्ञापनपत्र बुझाएका थिए ।

५ दलकाे ज्ञापनपत्रमा भनिएको छ, खाेलाको ठुलो धनराशी हिनामिना हुदा पनि दोषीलाई कारवाही नगर्ने, ठेकेदारलाई जरिवानासहित असुल उपर नगरेर ठेकेदारलाई उन्मुक्ति दिने कार्य नगर्न नगरपालिकालाई सचेत गराईएको ज्ञापन पत्रमा भनिएको छ । आ.व. २०७७/७८ मा नदीजन्य पदार्थ उत्खनन् सन्दर्भमा भएका गैरकानूनी उत्खनन्, आर्थिक हिनामिना, फर्जी विलसमेतको प्रयोग गरि भएको करोडौँ हिनामिना, स्वेत पत्रमार्फत नगरवासीलाई अविलम्ब जानकारी गराउन र दोषी जो भएपनि तत्काल कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराईएको छ । यदि नगरपालिकाले त्यसो गर्न नसके अन्यथा नगरका क्रियाशिल राजनीतिक दलहरुले आफै अग्रसरता देखाएर अघि बढ्ने चेतावनीसमेत दिइएको छ ।

हाल काेराेना महामारीको बेला मानिसहरु घर बाहिर निस्कन नसकिरहेकाे विषम परिस्थितिमलाई अनियमिता, भष्टचार र कुसासन ढाकछाेप गर्ने अनुकुल समयकाे रुपमा प्रयोग गर्ने मनसायले नगरपालिका अघि बढिरहेको प्रति हामी घाेर आपती जनाउँदछाै भनिएकाे छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख आचार्यले भने नगरपालिले छानविनकाे लागि फाइल अख्तिहार पठाएकाे छ । यदि जाे काेही दाेषी भेटिए कानुनी कार्वाहीकाे भागीदार हुने उनले बताए । तपाईंहरुकाे खबरदारीले दाेषी कानुनकाे दायरामा आउनमा थप सहयाेग रहने उनले बताए ।

एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरगाई, जसपाका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाकी अध्यक्ष सविना बजगाईले संयुक्तरुपमा हस्ताक्षर गरिएको ज्ञापनपत्र नगरप्रमुख विमल आचार्यलाई बुझाएका थिए । कार्यक्रममा नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, नगरका पाँचै दल का प्रमुख र नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्