News Portal

युरोकपमा आज तीन खेल हुँदै

रातोपोस्ट संवाददाता
५५४ पटक

काठमाडौँ, २९ जेठ । १६औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ ।

अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे हुनेछ । समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२:४५ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस्