News Portal

माओवादी केन्द्रद्वारा विपन्न ५१० परिवारलाई खाद्यान्न सामग्री वितरण

रातोपोस्ट संवाददाता
६६४ पटक

झापा, ३० जेठ । झापाको भद्रपुर नगरमा नेकपा माओवादी केन्द्र नगर कमिटीले सञ्चालन गरेकाे खाधान्न् बैंकबाट ५ सय १० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएकाे छ । भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ ५१० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । अभियानको पहिलो दिनमै १५० परिवारले खाद्यान्न सामग्री वितरण गरिएकाे नेकपा माओवादी केन्द्रका भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलले बताए ।

खाद्यान्न सामग्री वितरणमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताबाट १ लाख १० हजार र दाताहरुकाे सहयाेगमा २ लाख ४५ हजार गरि जम्मा ३ लाख ५५ हजार बराबरकाे खाद्यान्न सामग्री वितरण गरिएकाे नगर इन्चार्ज सन्जेलले बताए । प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे (हिक्मत) को नेतृत्वमा प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ प्याकेट नुन वितरण गरेको थियाे ।

पाटिकाे नगर बैठकले पहिलो चरणकाे राहत वितरण कार्यक्रम स्थगित गरि अब दाेस्राे चरणकाे कार्यक्रममा अन्तर्गत हाेम आईसाेलेसनमा बसेका संक्रमितलाई घरघरमा पाैष्टिक आहार वितरण गर्ने कार्यक्रम रहेकाे इन्चार्ज सन्जेलले जानकारी दिए । बैठकले जोखिम न्यूनीकरण तथा विपद व्यबस्थापनमा सहयाेगी बन्नकाे लागि नगरमा डिल्ली घिमिरे (हिक्मत) को नेतृत्वमा ११ सदस्य समिति कोभिड तथा विपद व्यवस्थापन समिती भद्रपुर झापा गठन गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्