News Portal

विप्लव निकट विद्यार्थी संगठनद्वारा अनाथ स्कुलमा स्वास्थ सामग्री वितरण

रातोपोस्ट संवाददाता
८२३ पटक

पोखरा, ३० जेठ  । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले कास्कीमा आज अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ । पोखरा- ९ रामबजारमा स्थित एसओएस बालगृहमा स्वास्थ्य सामग्री बितरण गरेको हाे ।

कोभिडको माहामारीले विद्यार्थीमा परेको असुबिधा र समस्यालाई केन्द्रीत गर्दै संगठनको निर्देशन अनुसार विद्यार्थीहरुमा माक्स, सेनिटाईजर, साबुन बितरण गरिएकाे अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकाश बास्तोलाले बताए ।

यसअघि पनि नेपाल कम्युनिस्ट पार्टी कास्कीले निरन्तर रुपमा राहत बितरण गरेकाे थियो । नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीका अनुसार हाल सम्म करीब १३० घर परीवारलाई राहत वितरण गरेकाे निरन्तर चलिरहेको समेत उनले बताए ।

यस्तो प्रतिकुल अवस्थामा नागरिकको जनस्वास्थ्यको सन्दर्भमा अलिकति पनि ख्याल नगरिनु गम्भिर बिषय भएकाे बताउँदै उनले आँफुहरुले सकेको सहयोग गर्दै आएको सेक्रेटरी पराजुलीले जानकारि दिए । स्वास्थ्य सामग्री बितरण कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्लाका अध्यक्ष पुरन पुन र उपाध्यक्ष कमला परियारको उपस्थिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्