News Portal

जनप्रगतिशिल मोर्चा युरोपद्धारा अस्पताल निर्माणकाे लागि १८ लाख १५ हजार सहयोग

रातोपोस्ट संवाददाता
४३० पटक

कपिलवस्तु, ३० जेठ । कपिलवस्तु स्थित शिबगढिमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले निर्माण घोषणा गरेको जनस्वास्थ्य केन्द्रलाई नेपाली रुपैँया १८ लाख १५ हजार सहयोग प्राप्त भएको छ ।

नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सो सहयोग उपलब्ध गराएको हो । आज भर्चुअल मिटिङमा एक सभाको आयोजना गर्दै नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम नेपाल कम्युनिस्ट पार्टीका अन्तरास्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोला “कञ्चन”मार्फत निर्माण समिती अध्यक्ष यादव चन्दलाई हस्तान्तरण गरिएको थियो ।

जनप्रगतिशिल मोर्चाले आयोजना गरेको जुम सभाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टिका महासचिव बिप्लव रहेका थिए भने नेता धर्मेन्द्र बास्तोलाको पनि आतिथ्यता थियो । सभालाई सम्बोधन गर्दै जनता नै शक्ति,पुजि र सृजनाका अपराजय शक्ति भएको हुँदा जनताकै शक्तिमा बिश्वास गर्दै एउटा अस्पताल मात्रै नभइ अझ ठुला ठुला परियोजना निर्माण गर्ने घोषणा महासचिव बिप्लवले गरेका थिए ।

प्रतिकृया दिनुहोस्