News Portal

जसपामा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने

रातोपोस्ट
३५१ पटक

काठमाडौ, ३१ जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ ।

आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले गरेको कारबाहीलाई आयोगले मान्यता नदिने निर्णय गरेको जानकारी दिए ।

एक अध्यक्षले अर्कोलाई निकालेको विषय अद्यावधिक गर्न भनिएकोमा हामीले राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत नमिल्ने भनेका छौं,’ प्रवक्ता श्रेष्ठले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्