News Portal

प्रतिनिधि सभा विघटनको मुद्दा : सर्वोच्च बारले एमिकस क्युरीमा घिमिरे र केसीलाई पठाउने

रातोपोस्ट संवाददाता
३३३ पटक

काठमाडाैं, १ असार । संसद विघटन विरुद्धको मुद्दामा बहस गर्नका लागि सर्वोच्च बारले २ जना वरिष्ठ अधिवक्तालाई पठाउने भएको छ । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा विघटनविरुद्धको बहसका लागि एमिकस क्युरीका रुपमा

वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई मनोनयन गरिएको जनाएको हो। उक्त मुद्दामा नेपाल बारका तर्फबाट पनि दुई जना एमिकस क्युरी माग्ने संवैधानिक इजलासले निर्णय गरेको छ ।

तर नेपाल बारबाट नाम टुंगो लागेको छैन् । संवैधानिक इजलासमा ती मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ।

प्रतिकृया दिनुहोस्