News Portal

नेपालमा २४ घण्टामा ४,१८७ कोरोना मुक्त : ४१ को मृत्यु

रातोपोस्ट संवाददाता
३३५ पटक

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पीसीआर विधिबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट २२ हजार ४०३ पुगेको छ ।

सँगै २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ५०६ पुगेको छ । पछिल्ला दिनमा संक्रमण घट्दै गएपछि सरकारले निषेधाज्ञासमेत मंगलबारबाट  खुकुलो पारेको छ ।

प्रतिकृया दिनुहोस्