News Portal

प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त बजेट पेस गरेका हुन्। बजेटमा पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख र चालु खर्च १४ अर्ब १६ करोड १५ लाख छुट्याइएको छ।

चालु आर्थिक वर्षको बजेटभन्दा यो बजेट करिब ७ अर्ब कम आकारको हो। अघिल्लो आर्थिक वर्ष ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ। बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँटतर्फ ९ अर्ब १ करोड ६६ लाख, समानीकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड, सशर्त अनुदानतर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४ लाख र विशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तीय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने प्रदेश सरकारको अनुमान छ।

प्रतिकृया दिनुहोस्