News Portal

योगदान राष्ट्रका लागि संस्थाले मेचीनगर र बुद्धशान्तिको आइसोलेसन सेन्टरमा पौष्टिक आहार वितरण

रातोपोस्ट संवाददाता
३१४ पटक

झापा, १ असार । योगदान राष्ट्रको लागि झापा शाखाद्वारा बुद्धशान्ति र मेचीनगरमा रहेको आइसोलेसनमाा रहेका बिरामीहरुलाई आज स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।

झापाकाे बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका ७ जना र मेचीनगरको आइसोलेसनमा रहेका ९ जना गरी जम्मा १६ जनालाई उक्त सामग्री वितरण गरिएको संस्थाका सदस्य गोपी रिजालले जानकारी दिए । गाउँपालिकामा मै आई विरामी रहेका स्थानीयलाई सहयोग गरेकोमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले संस्था प्रति आभार प्रकट गरे ।

त्यस्तै, मेचीनगर नगरपालिका- ११ का वडाध्यक्ष सन्तोष कुमार मेचेले पनि संस्थाको खुलेर प्रशंसा गरेका छन् । यस्तो विपद् परिस्थितीमा आफ्नो ज्यानमा प्रवाह नगरी यसरी सामाजिक कार्यमा खटिनुहुने सम्पूर्ण अभियान्ताप्रति आफू कृतज्ञ रहेको उनले बताए । योगदान राष्ट्रियको लागि केन्द्रीय समिति, विश्व भुटानी हिन्दु सङ्गठन अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दीपक खनाल अस्ट्रेलिया, सदिक्षा साही अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा हङकङ, निरमणि खनालबाट सङ्कलन गरिएको रकमबाट सङ्क्रमितको लागि सहयोग जुटाएको योगदान राष्ट्रियको लागि जिल्ला समितिका अध्यक्ष प्रदिप कुमार संग्रैलाले जानकारी दिए ।

यसअघि पनि बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, दमक नगरपालिका र कमल गाउँपालिकामा यस्तै प्रकारको राहत प्याकेज वितरण गरेको थियाे । यस संस्थाले आगामी दिनहरुमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा यस्तो प्रकारकाे सहयोग गर्ने संस्थाका प्रदेश संयोजक चेतना निरौलाले बताए।‘प्राथमिक उपचार हाम्रो सरोकार’ भन्ने मुल नारा लिएर अघि बढेको यस संस्थाले ७७ वटै जिल्लामा सामाजिक कार्यहरु गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्