News Portal

कर्णालीले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने

रातोपोस्ट संवाददाता
९०५ पटक

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ ।

मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा शहीद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले विद्यालयक्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

प्रतिकृया दिनुहोस्