News Portal

युरोकपः पोर्चुगलको सानदार जित, रोनाल्डोको नाममा बन्यो कीर्तिमान

रातोपोस्ट संवाददाता
४१५ पटक

एजेन्सी, २ असार । १६ औं संस्करणको युरोकप अन्तर्गत गएरातिको खेलमा पोर्चुगलले सानदार जित हासिल गरेको छ । घरेलु टीम हंगेरीलाई पोर्चुगलले ३–० ले पराजित गरेको हो । पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने गुरेरो एक गोल गरे ।

गुरेरोले खेलको ८४ मिनेटमा गोल गरेर घरेलु मैदानमा खचाखच भरिएको हंगेरीका दर्शकलाई स्तब्ध बनाए भने खेलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा लगे । यसैगरी रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो र टीमका लागि तेस्रो गोल गरे।

यससँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा रेकर्ड बनाएका छन् । उनले युरोकपमा सर्वाधिक ११ गोल गरेका छन् । यस्तै पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि उनी नै बनेका छन् । रोनाल्डोले २००४ देखि नै युरोकप खेल्न थालेका थिए ।

प्रतिकृया दिनुहोस्