News Portal

बालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
५४० पटक

मोरङ, २ असार । बालिकामाथि बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले १ जना भारतीय नागरिक (युवक)लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको अररिया सिक्टीग्राम वरुदा–२ घर भइ मोरङको रतुवामाइ नगरपालिका–६ कादुपाडा डेरा गरी बस्दै आएका २० वर्षीय महोम्मद अझरुद्दिन छन्। प्रहरीका अनुसार अझरुद्दिनले ७ वर्षीया र ४ वर्षीया बालिकामाथि बलात्कार गरेका आरोप लागेको छ।

अझरुद्दिनले एउटै टोलमा बस्ने २ जना बालिकामाथि बलात्कार गरेको उजुरी पछि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। मंगलबार साँझ पक्राउ परेका उनीमाथि जबरजस्ती करणीको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्