News Portal

सेजल कोइरालाको हत्या भएको आशंकामा प्रेमी पक्राउ

रातोपोस्ट संवाददाता
८४८ पटक

झापा, २ असार । झापा दमकको लाइफलाइन अस्पतालमा रेडियोलोजी विषयकी १८ वर्षीया छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर घर भई हाल दमकमा डेरा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गरिने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताएका छन् । दमक–५ स्थित एक घरमा डेरा बस्दै आएकी सेजल कोइराला लाइफलाइन अस्पतालमा रेडियोलोजी थर्ड इयरमा पढ्दै थिइन् ।

इलामको देउमाई नगरपालिका वडा नं. ४ मङ्गलवारेकी सेजललाई आफ्नै डेराको शौचालयमा जेठ २७ गते साँझ बेहोश अवस्थामा साथीहरुले भेटेका थिए । साथीहरुले नै उपचारका लागि लाइफलाइन अस्पतालमा पुर्याएका थिए । अस्पतालमै उनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्