News Portal

कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

रातोपोस्ट संवाददाता
४६६ पटक

कैलाली, २ असार । कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-२ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन् । उनका अनुसार सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्‍न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार, मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको छ ।

प्रतिकृया दिनुहोस्