News Portal

कर तिर्न असार २५ गतेको भाका

रातोपोस्ट संवाददाता
२८९ पटक

काठमाडाैं, २ असार । सरकारले कर तिर्न असार २५ को भाका तोकेको छ । निषेधाज्ञाका कारण तोकिएको समयमा कर विवरण बुझाउन र कर तिर्न करदातालाई असहज भएको भन्दै सरकारले असार २५ सम्मको समय दिएको हो । आन्तरिक राजश्व विभागले आज एक सूचना जारि गर्दै आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम अर्थ मन्त्रालयको निर्णय अनुसार कर बुझाउने म्याद थप गरेको बताएको छ ।

विभागले ०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने जनाएको छ । त्यस्तै, ७७ चैत र ७८ वैशाखको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र सो को विवरण असार २५ सम्म बुझाउनुपर्ने विभागको सूचनामा भनिएको छ । २०७७ चैत र ७८ वैशाख महिनाको बुझाउनु पर्ने अन्त:शुल्क विवरण र अन्त:शुल्क पनि असार २५ सम्ममा बुझाउनुपर्ने विभागले जनाएको छ ।

सूचनामा ७७ चैत र ७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर पनि २५ गतेसम्म बुझाउन भनिएको छ । हिजो मात्रै सर्वोच्च अदालतले कर उठाउनका लागि आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम अर्थ मन्त्रालय सूचना निकालेर म्याद तोक्न सक्ने आदेश दिएको थियो । सर्वोच्चको फैसलाले निषेधाज्ञाकै बीच कर उठाउन सरकारलाई बाटो खोलिदिएको भोलिपल्टै विभागले कर तिर्न करदातालाई सूचना गरेको हो ।

प्रतिकृया दिनुहोस्