News Portal

झापा बाहुण्डाँगीका दाहाल दम्पती गाईकाे काजकिरियामा, खगेन्द्र भन्छन्, गाईप्रतिको श्रद्धाले मात्र हैन, पिढा नै उतिकै छ !

रातोपोस्ट संवाददाता
८९१ पटक

झापा, ३ असार । समाजमा अहिले मृत्यु संस्कारलाई छाेट्याउनु पर्छ भन्ने बहस भइरहेकाे बेला झापाकाे मेचीनगरमा एक दाहाल दम्पतीले गाई मरे पछि काज किरियामा बसेका छन् । मेचीनगर- २ बाहुण्डागीका दाहाल दम्पतीले गाई मरे पछि काजकिरिया बसेका हुन । आफ्नो सन्तान जस्तै गरि पालेकाे सुत्केरी गाई मृत्यु भए पछि खगेन्द्र दाहाल कुशको दाम्लो बेरेर गाईको गाेठमा कोरामा बसेका छन । आफैले बाधेको गाई दाम्लोसंगै मरे पछि हिन्दु धार्मिक विश्वास अनुसार काजकिरियामा बसेकाे दाहालले बताए ।

दाहाल भन्छन्, गाईप्रतिको श्रद्धाले मात्र हैन पिढा नै उतिकै छ । आफ्नो सन्तान जस्तै गरि पालेकाे सुत्केरी गाई १० दिनमै मृत्यु भए पछि सन्तान नै गुमाए जस्ताे भएकाे उनले बताए । उनले भने, हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ र मृत्युमा श्रद्धा व्यक्त गरिन्छ । आफुले पालेको र आमा सरह दुध दिने गाईप्रतिको मनैदेखिको श्रद्धाका कारण आफुले दशगात्र कर्मसरह दश दिन काजकिरिया गरे उनले बताए ।

कसैले नछोउन् भनेर अलग्गै कुशको दाम्लो बेरेर बसेका छन । कोरामा बसेको थलामा अर्को एउटा बाछो छ जुन त्यही मृत गाईको बाछो हो । जर्सी जातको हाइब्रिड गाई पहिलो बेतमा जेठ २५ गते मरेको थियो । मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर खाेलामा लगेर विधिपूर्वक दाम्लो सेलाउने उनले बताए । दाहालकाे श्रीमतीले भनिन्, हामी दुई जना ९ दिनदेखि अलिनाे खाएर जुठो बारेर बसेकाे राताे पोस्टलाई बताइन् ।

!

प्रतिकृया दिनुहोस्