News Portal

युरो कप : बेल्जियम अन्तिम १६ मा प्रवेश

रातोपोस्ट संवाददाता
४६७ पटक

काठमाडौं, ४ असार । बेल्जियम युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

घरेलु मैदानमा भएको खेलमा डेनमार्कले उपाधिको दाबेदार मानिएको बेल्जियममाथि सुरूवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ५४ औं मिनेटमा थोर्गान हाजार्डले गोलमा बेल्जियमले खेललाई बराबरीमा ल्यायो । उनले ब्रुएनको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । उनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका थिए । यो समूह ‘बी’ मा बेल्जियमको ६ अंक रहेको छ । रसिया र फिनल्यान्डको समान ३(३ अंक रहँदा डेनमार्क अंकविहीन छ । डेनमार्कको यो लगातार दोस्रो हार हो । ।

प्रतिकृया दिनुहोस्