News Portal

कोपा अमेरिका फुटबलमा बोलिभियामाथि चिलीको जीत

रातोपोस्ट संवाददाता
४६९ पटक

काठमाडौँ, ५ असार । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘बी’को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ‘बी’ को शीर्ष स्थानमा छ । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।

समूह बी मा पाराग्वे ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ। अर्जेन्टिनाले आजै प्रतियोगितामा पहिलो खेल खेल्न गइरहेको उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिकृया दिनुहोस्