News Portal

२४ घण्टामा २ हजार ४०१ संक्रमित थपिए, ३ हजार ६६० निको भए

रातोपोस्ट संवाददाता
३७२ पटक

काठमाडौं, ५ असार । नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा २ हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो ।

७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिकृया दिनुहोस्