News Portal

मेचीनगरमा स्काउट दिवसको अवसरमा बृक्षारोपण

रातोपोस्ट संवाददाता
६२३ पटक

झापा, ५ असार । नेपाल स्काउटको ७० औं स्थापना दिवसकाे अबसरमा झापाको मेचीनगरमा बृक्षारोपण गरेकाे छ ।

नेपाल स्काउट मेचीनगर समितिकाे आयोजनामा शनिबार मेचीनगर- ६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाई गरि वृक्षारोपण गरेको हाे । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यतामा मन्दिर परिसरको सरसफाई तथा वृक्षारोपण गरिएकाे थियाे ।

नेपाल स्काउट मेचीनगर संयोजक रीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर परिषद् अध्यक्ष एवम् मेचीनगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर वार्ड नं. ६ का वार्ड अध्यक्ष ललितबहादुर तामाङ्ग, पूर्व जिल्ला आयुक्त भुवन सुब्बा, पूर्व जिल्ला संगठन आयुक्त मीनाकुमारी कटुवाल कार्की, पूर्व जिल्ला कार्यक्रम आयुक्त एवम् सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई र काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीकाे उपस्थित रहेकाे थियाे ।

त्यसैगरी, कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेण्ट इलेक्ट सुजन प्रधान, मेची उद्योग वाणिज्य संघका सदस्य अन्जु थापा, अरुणोदय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, स्काउट मेचीनगर सदस्य सुष्मा सुब्बा लगायत वरिष्ठ स्काउटर, राष्ट्रिय ज्याम्बोरीमा विशेष योगदान दिई ज्याम्बोरी सफल पार्ने सर्भिस टिमका रोभर/रेन्जरहरु, काँकरभिट्टा रोभर/रेञ्ज्र ओपन क्र्यू, युनाइटेट ओपन क्र्यू धुलाबारीका रोभर/रेञ्जरहरु, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, ट्राफिक प्रहरी हवाल्दार कुमार भट्टराई लगायतले कार्यक्रममा सहभागिता रहेकाे भएको थियो ।

दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन भएमाे मेचीनगर संयोजक थापाले बताइन । पछिल्लो समय कोभिड १९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा नेपाली सेनाको सहगाेगमा नेपाल स्काउटले काम गरिरहेको उनले जानकारी दिइन ।

प्रतिकृया दिनुहोस्