News Portal

थुनिएको मर्स्याङ्दी आफैं बग्‍न थालेपछि तत्कालका लागि जोखिम टर्‍यो

रातोपोस्ट संवाददाता
१२५४ पटक

काठमाडौं, ६ असार । मनाङको ङिस्याङ गाउँपालिका-४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्‍न थालेको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा थुनिएको नदी अहिले आफैं बगेपछि तत्कालका लागि ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।

कमजोर माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्‍न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको हो । नदी थुनिएर ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज पनि जोखिममा परेको थियो । पहिरोले थुनिएको नदी एक्कासी खुलेमा बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

यसैबीच मनाङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको हो ।

प्रतिकृया दिनुहोस्