News Portal

वन कर्मचारी तथा पत्रकार भनी ठगी गर्दै हिँडेका दुईजना पक्राउ

रातोपोस्ट संवाददाता
७२८ पटक

बिराटनगर ,६ असार । वनको कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका– ६ जुट विकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई माेरङ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले ४ असारमा विशेष सूचनाका आधारमा उनिहरूलाई रतुवामाई नगरपालिका -१० स्थित एक काठमिलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँसहितको कागजत समेत बरामद भएको छ।

उनीहरूले डरत्रास देखाई विभिन्न काठमिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको र पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्