News Portal

राष्ट्रिय युवासंघ मेचीनगरद्वारा मेयर आचार्यलाई ज्ञापनपत्र 

रातोपोस्ट संवाददाता
१०५६ पटक

झापा, ६ असार । झापाकाे मेचीनगरमा राष्ट्रिय युवासंघ नेपाल मेचिनगरले नगर प्रमुख विमल आचार्यलाई नगरकाे बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनकाे लागि ज्ञापनपत्र बुझाएकाे छ ।

नगर प्रमुख आचार्यलाई युवासंघ मेचीनगरले आज उनकाे कार्यकक्षमा गइ उक्त ज्ञापनपत्र बुझाउँदै अबकाे बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षित गरी बजेट विनियाेजन गर्न भन्दै १६ वुँदे माग राखेका हुन ।

युवासंघले लाेपाेन्मुख शिप र पेशालाई प्रवर्धनगर्नका लागि युवाहरूलाई तालिम र शिप विकाशकाे कार्यक्रम सञ्चालन गर्न, सुचना प्रविधिमा युवाहरूकाे पहुँच वृद्वि गर्नका लागि नगर स्तरिय युवा आइटि पार्कस्थापना तथा सञ्चालन गर्न, वैदेशिक राेजगारबाट फर्केका युवाहरूलाई उनीहरूकाे शिप र दक्षतालाई स्वदेशमै प्रयाेग गरी आत्मनिर्भर बनाउन , युवाहरूलाई व्यवसायिक कृषि नगरकाे उत्पादन वृद्दि भन्ने नारा तय गरी व्यवसायिक गाइ पालन,  बंगुर पालन, माैरीपालन, कुखुरापालन, तरकारी खेतीलगायतका व्यवसायमा युवाहरूलाई प्राथमिकता दिनुपर्ने लगायतका माग राखेकाे राष्ट्रिय युवासंघ नेपालका मेचीनगर अध्यक्ष मानबहादुर तामाङले बताए ।

नगर प्रमुख आचार्यले ज्ञापनपत्र बुझ्दै भने, युवाहरूकाे धेरै मागहरू हामीले समेटि रहेकाे र बाँकी रहेका मागहरू यसपालिकाे बजेटमा समेटेर लैजाने बताए । कार्यक्रममा नगर प्रमुख विमल आचार्य, उप-प्रमुख मिना पाेख्रेल (उप्रेती), राष्ट्रिय युवासंघ नेपालका जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज नारायण खनाल, जिल्ला सदस्य तथा मेचिनगर इन्चार्ज सञ्जय मेचे, जिल्ला सदस्य रबिन ओझा, नगरका सचिव बेग सुनार, युवासंघ मेचीनगरका १५ वटै वडाका सचिव तथा अध्यक्षहरूकाे उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्