News Portal

देशभर २ हजार ४४२ संक्रमित थपिए, ३ हजार ४५६ संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
३४२ पटक

काठमाडाैं, ६ असार । गएको २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १० हजार ९५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो संख्या परीक्षण गरिएकोमध्ये २१.३ प्रतिशत हो।

६ हजार ६७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, यो अवधिमा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। आज ५१ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। यस्तै, आज काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ गरी उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन्।

प्रतिकृया दिनुहोस्