News Portal

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

रातोपोस्ट संवाददाता
८९९ पटक

काठमाडौं, ६ असार । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थयमा सुधार आएको छ।

खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्।

भट्टराईले आइतबार एपेलो अस्पतालमा उपचाररत खनालसँग भिडियो कलमा कुराकानी भएकोसमेत बताएका छन्। उनले स्वास्थ्यमा सुधार आएपछि अक्सिजन सपोर्टसमेत हटाइएको जानकारी दिएका छन्। उनका अनुसार ज्वरो, टाउको दुख्नेलगायतका समस्या ठिक भएका छन्। तर, अस्पतालले तत्काल डिस्चार्ज भने नगर्ने उनले बताएका छन्।

लगातारको ज्वरो आइरहेका बेला काठमाडौंस्थित नर्भिक अस्पतालमा खनालको उपचार गरिएको थियो। शरीरमा हेमोगोलोभिनको कमी देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको थियो।

प्रतिकृया दिनुहोस्