News Portal

राप्रपा झापाद्वारा विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सहयाेग

रातोपोस्ट संवाददाता
५४५ पटक

झापा, ६ असार ।  विर्तामोड नगरपालिका – ८ मा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीवाट निर्वाचित जनप्रतिनिधि विर्तामोड – ८ का वडा अध्यक्ष अजय कार्की (जंगे), पार्टीका वडा समिति अध्यक्ष सन्तोष पाण्डे तथा सहयोगी दाता डिबी थापा (पुर्व कंडेल) को संयुक्त रुपमा  विपन्न मजदुरलाई राहत सामग्री वितरण गरिएको हो ।

लामो समयदेखि रोजगार विहिन भइ हातमुख जोड्न धौधौ परेका विपन्न परिवारलाई लक्षित गरी विर्तामोडमा ४ सय परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ । यस्तै अर्जुनधारा नगर समिति र ट्रेड युनियन महासंघ तथा राप्रपा युवा संगठनको आयोजनामा अर्जुनधारा– ११ का चिया मजदुर ३० परिवार तथा आसपासका खाद्यान्न संकटमा रहेका थप २२ परिवार खाद्यान्न वितरण गरिएको छ ।

अर्जुनधारामा भएको वितरण समारोहमा राप्रापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, राप्रपा सम्बद्द मजदुर सङ्गठन (टुकन) वरिस्ठ केन्द्रीय उपाध्यक्ष वसन्त रिमाल,  टुकन केन्द्रीय सह–महामन्त्री कुमार वस्नेत, पार्टी नगर समिति अध्यक्ष सूर्य खतिवडा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला पदाधिकारी महेन्द्र लिंग्देंन तथा ट्रेड युनियन नेता प्रविन रिमालसहितको उपस्थिति रहेको जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्