News Portal

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा. काफ्ले नियुक्त

रातोपोस्ट संवाददाता
९१२ पटक

पोखरा, ६ असार । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उनलाई सपथ गराएका हुन ।

तनहुँ साँगेका काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा उनी छनोट भएका थिए । त्यसअघि उनी दमौलीमै क्याम्पस प्राध्यापन गर्थे । उनले केही समय तत्कालीन जिल्ला विकास समिति तनहुँमा पनि काम गरेका थिए । पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो ।

आयोगमा कम्तीमा १ महिलासहित २ सदस्य समेत रहने व्यवस्था छ । सदस्यमा भने अहिलेसम्म कोही नियुक्त भएका छैनन् । गुरुङ सरकारका पालमा स्याङ्जाका डा. गिरिधारि शर्मा पौडेल योजना आयोग उपाध्यक्ष थिए । मुख्य न्यायाधिवक्ताका बारेमा पनि निर्णय भएको बताइएको थियो । तर मुख्य न्यायाधिवक्ताको सपथ भने भइसकेको छैन । मुख्य न्यायाधिवक्तालाई भने उच्च अदालतका मुख्य न्यायाधीशले सपथ खुवाउने प्रावधान छ ।

प्रतिकृया दिनुहोस्