News Portal

रगतको अभाव कम गर्न विप्लव नेतृत्वको विद्यार्थी संगठनले गर्याे रक्तदान

रातोपोस्ट संवाददाता
११२८ पटक

पोखरा, ६ असार  । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवन दान भन्ने उक्तिलाई सार्थकता दिदै कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण रगतको अभाव भैरहेका अवस्थामा यसको अभावलाई पूर्ति गर्न ‘विप्लव’ नेतृत्वकाे विद्यार्थी संगठनले राखेको रक्तदानमा २५  यूनिट रगत संकलन भएको हो ।

बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले अखिल (क्रान्तिकारी) कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष पुरन पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र सञ्चालन गरिएको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको उपस्थिति रहेको उत्त रक्तदानमा जिल्ला अध्यक्ष पुरण पुन, अखिल क्रान्तिकारीका नेता कार्यकर्ता, नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली ‘बिश्वास’ र जनपत्रकार संगठन नेपालका सदस्य रमाकान्त बास्तोला सहित २५ जनाले रक्तदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्