News Portal

झापाली समाज दक्षिण कोरियाद्वारा सहयोगार्थ स्वास्थ्य सामाग्री वितरण

रातोपोस्ट संवाददाता
४७५ पटक

झापा, ६ असार । झापाली समाज दक्षिण कोरियाको सहयोगार्थ उपलब्ध भएको स्वास्थ्य सुरक्षा सामग्री झापामा वितरण गरिएको छ ।
कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ झापालाई उक्त सामग्री वितरण गरेको अंकुर नेपालका उपाध्यक्ष सञ्जिव चापागाईले जानकारी दिए ।

झापामा रहेका प्रत्येक स्थानीय तहमा एकहजार ३ सय ५० मास्क, ४ थान ठूलो सेनिटाइजर, ८ थान पिपिई र ५० थान फेसशिल उपलब्ध गराएको सामुदायिक प्रहरी बिर्तामोडका अध्यक्ष उत्तम खनालले बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ झापालाई एक हजार ३ सय मास्क, सानो १० थान सेनिटाइजर, ४० थान फेसशिल प्रदान गरिएको बताइएको छ । दमक इलाका प्रहरी कार्यालयलाई एकहजार ३ सय ५० थान मास्क, सेनिटाइजर ४ थान ठूलो, फेसशिल ५० थान र बिर्तामोड इलाका प्रहरी कार्यालयलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेसशिल र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेसशिल्ड प्रदान गरिएको चापागाइले बताए ।

झापाली समाज दक्षिण कोरियाले उपलब्ध गराएको सामग्री झापाली समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष नविन वास्कोटा, राजु सन्तोेषी थापा, पूर्व सहसचिव युवराज चापागाई, देवेन्द्र पोखरेल, पूर्व कोषाध्यक्ष नरहरि फुयाल, प्रदेशसभा सदस्य बसन्त वाँनिया लगायतको समन्वयमा वितरण गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्