News Portal

विकास निर्माणका काममा सहयाेग गर्न मेचीनगर बासीलाई नगर प्रमुख आचार्यको आग्रह

रातोपोस्ट संवाददाता
८७३ पटक

झापा, ७ असार । मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा जग्गा लिजमा लिएर करीब ३ बिगाहा जग्गा ओगट्ने गरी बायोग्यास प्लान्ट निर्माण गर्ने योजना नगरपालिकाको याेजना अलपत्र परेकाे हाे । नगरपालिकाले दुई बर्ष अघि कुहिने फोहोर ब्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माणको तयारी शुरु गरेको थियो । अवरोध भएपछि योजना अलपत्र परेको नगरप्रमुख विमल आचार्यको बताए । नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, सम्बन्धित विद्यालयका शिक्षक, नगरका क्रियाशील राजनीतिक दललगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग यस विषयमा पटक पटक छलफल समेत गरेको थियो ।

केही दिन अघि मात्र नगरपालिका भएको छलफलले योजना स्थलका लागि ३ विगाह जग्गा र योजना सञ्चालनका लागि एनु भटट्राईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यस्थापन समिति निर्माण गरेको छ । भेलाले जग्गा व्यवस्थापन समितिले असार ६ गतेभित्रमा सम्पूर्ण जग्गाको व्यवस्थापन गरी योजना सञ्चालनका लागि सहज वातावरण तयार गर्नुपर्ने निष्कर्श भेलाले निकालेको थियो । सोहि अनुसार सोमबार मेचीनगर नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, मेचीनगर वडानम्बर ३ का वडाध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक हर्क बस्नेत, वडानम्बर ८ का वडाध्यक्ष तथा समितिका सहसंयोजक विकेन्द्र धिमालसहित नगरका जनप्रतिनिधिहरु सहभागि रहेका थिए ।

यसैगरी, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, नेपाली काँग्रेस मेचीनगर सचिव हस्त आङ्गदेम्वे, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्क्षक्ष पुष्प गुरागाईँ, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला सदस्य सुशील आचार्य, नेकपा एमालेका ८ नम्बर वडा अध्यक्ष विष्णु भट्टराई,लगायत विभिन्न राजनीतिदलका प्रमुख प्रतिनिधिहरु योजना स्थलमा योजना स्थलको निरीक्षण तथा नापजाँचका लागि नगरपालिकाका सव इञ्जिनियर कमल शर्मासहितको प्राविधिक टोली लिएर पुगे पनि विभिन्न व्यक्तिहरुले अवरोध गरेपनि नापजाचको काम अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ ।

योजना स्थलमा व्यक्तिहरुले अवरोध गरी विवाद गर्न थालेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईलगायतको प्रहरी टोली योजना स्थल पुगेको थियो । नगर प्रमुख विमल आचार्यले विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न हुने र सवै नगरवासीको साथ सहयोगको लागि आग्रह गरेका थिए । विकास निर्माणका काममा अवरोध नगर्न आफुहरुले सम्बन्धित पक्षलाई सम्झाई बुझाई गरेको बताउदैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले सरकारले अघि सारेको विकास निर्माणका काममा बाधा पुर्याउनेलाई स्थानीय प्रशासनले कानुन बमोजिम कारवाही गर्ने बताए । योजना स्थलमा बुद्घशान्ति गाउँपालिकाबाट समेत विभिन्न मानिस पुगेर अवरोध श्रृजना गरेको उपप्रमुख उप्रेतीको जानकारी दिइन ।

नगरपालिकाले बायोग्यास निर्माणका लागि एक बर्ष अघि नै ३ करोड रुपैयाँमा ठेक्का समेत लगाइसकेको छ । तर योजना स्थलमा पुगेर काम गर्न सक्ने अवस्था नभए पछि ठेकेदारले काम अगाडी बढाउन नसकेको नगरपालिको प्राविधिक पक्षले जनाएको छ । ठेक्का पाएसंगै नगरपालिकाबाट ठेकेदारले ‘मोबिलाइजेशन’ बापतको ५० लाख रकम समेत लगिसकेको र काम नभए पछि बाँकी रहेको अढाइ करोड रुपैयाँ समेत नेपाल सरकारको खातामा फिर्ता भइसकेको नगरप्रमुख आचार्यको जानकारी दिए ।

गाउँबाट ५ सय मिटर टाढामा रहेको मेचीनगर ८ र ३ को सिमानामा पर्ने उक्त स्थानमा बायोग्यास प्लान्ट निर्माण गर्दा कुनै प्रकारको दुर्गन्ध पैदा नहुने व्यवस्थापन नगरपालिकाले गर्ने छ । अहिले जसरी यसबाट प्रदुषण हुने चिन्ता छ सोचे जस्तो दुर्गन्ध नआउने यति भविष्यमा यसकै कारण स्थानीयवासीमा नकरात्मक असर परेको विज्ञले बताए तत्काल बन्द गर्ने नगरपालिकाले जनाएकाे छ । शुरुमा फोहोर थुपार्ने डम्पिङ साइड बन्न लागेको भन्ने सुने पछि मानिसहरु विरोधमा उत्रिएको र बायोग्यास नै बन्ने हो भने हामी कसैले पनि अवरोध गर्न नहुने नेपाली काँग्रेसका नेता गिरीराज धमलाले छलफलमा बताए । स्थानीय बिष्णुलाल गिरीले बायोग्यास प्लान्ट नै निर्माण गर्दा आफूहरुलाई कुनै आपत्ति नहुने विचार राखेका थिए । स्थानीय दिपक थापाले बायोग्यास हो भने निर्माण गर्न सकरात्मक रहेकाे जानकारी दिए । तर दुर्गन्ध फैलियो भने नगरपालिकाले त्यसको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्