News Portal

झापामा मंगलबार १६५ संक्रमित थपिए, ७८ जना निको भए

रातोपोस्ट संवाददाता
६२४ पटक

झापा, ८ असार । झापामा मंगलबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १६५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५९ महिलासहित १६५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै, आज मृत्यु हुनेमा १ जना छन् । जसमा कुस्माय–५ की २५ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १३१५९, डिस्चार्ज १०९९७, आइसोलेसनमा १८५१ जना, कुल संक्रमित एन्टिजेन १८४८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३३० जना र आज निको भएर घर फर्किएका ७८ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

No photo description available.

प्रतिकृया दिनुहोस्