News Portal

संकट, षड्यन्त्र र संभावना

सुमनसिंह पाैडेल
८९१ पटक

सामाजिक फासीवादी सरकारको प्रतिबन्ध फिर्ता पछि हामी प्रतिरोध संघर्षको मोर्चालाई थाती राखेर शान्तिपुर्ण रुपमा जनताको बिचमा गइरहेका छौं । यो सन्धर्भ शासक र जनता बिच कायम रहेको भीषण अंतर्विरोध सिद्दान्तत एकता र संघर्षको नियम हुँदै त्यसमा पनि मुख्य पक्ष संघर्ष बन्दै एउटा क्रमभंगता सहित मात्राको गुण तर्फ क्रमभंग भएको सन्धर्भ हो । हाम्रो गुण भनेको बैज्ञानिक समाजवाद हो ।

पदार्थ वा परिघटनाको मार्क्सवादी द्वन्द्वात्मकता अनुसार यसको श्रींखला यसरी नै बिकास हुन्छ । र एउटा यस्तो स्थिती पैदा हुन्छ त्यतिबेला सामाजिक सत्ताको पुरानो तत्वलाई पुर्ण रुपमा निषेध गर्दै नंयाले स्थान लिने छ । त्यंहा सम्मको सम्पुर्ण नेतृत्व गुणले प्रदान गर्ने छ । यतिबेला उक्त गुण नेपाली समाजमा घटित नंया सामाजिक परिघटनामा ब्यक्त क्रमभंगतालाई संबोधन गर्ने तहमा जनमतसंग्रहको कार्यनितिक प्रस्ताव दिएर जनताको बिचमा उपस्थित छ । वर्गसंघर्षमा बर्गहरुको विश्लेषण, दुई बिपरित बर्ग बिचको एकता र संघर्ष, त्यसको मात्रात्मक अवस्थाबाट गुणमा रुपान्तरण हुने स्थिती र पुरानोलाई निषेध गर्दै नंयाले स्थान लिने बैज्ञानिक तथ्यहरुको श्रींखलालाइ बोध गर्दा हामीले समाजको आगामी संकट र संभावनाहरु देख्न सक्छौं ।

जनमतसंग्रहको विषयलाई लिएर कयौं आशंकाहरु ब्यक्त गरिएका छन । यस्तो बुझाइ सहित आंशका ब्यक्त गर्नेहरु कम्युनिस्ट स्कुलकै बिधार्थीहरु देखिन्छन । बस्तुको गतिशिलता अंतर्विरोध र बिकासको श्रींखलालाई आधार बनाएर पटाक्षप गर्यो भने के सहि हो के गलत हो अगाडि प्रकट भइहाल्छ । तर यहाँ त्यो कष्ट गर्नुको सट्टा अनुभवजन्य, भावनाजन्य र कंयौ भ्रमपुर्ण तर्कहरु ब्यक्त भइरहेको पाइन्छ ।

प्रथमतः नेपाली समाजको मुख्य अन्तर्बिरोध दलाल पुंजिवाद र उत्पिडित जनताका बिच रहेको र यसको समाधान बैज्ञानिक समाजवादबाट मात्र सम्भव छ भन्ने बिषयप्रति कसैको बिमती रहेको छैन । विभिन्न ढंगले छरिएर रहेका समाज भित्रका तमाम अन्तर्बिरोधहरुलाई हामीले सचेतता पुर्वक सांघुरो बनाउंदै दलाल पुंजिवाद र बैज्ञानिक समाजवादलाई आमने सामने बनाउनु पर्थ्यो । वर्गसंघर्षलाई पेचिलो बनाउन आम जनता र उत्पिडक सत्ता बिच स्पस्ट बिभाजन पैदा गर्नु अनिवार्य हुन्थ्यो । प्रतिरोध संघर्षको मोर्चालाइ थाती राखेर हामी शान्तिपुर्ण रुपमा जनतामा पुग्दै जनमतसंग्रहको प्रस्ताव पेश गर्दा यसले जनता र उत्पिडक सत्ताबिच स्पस्ट बिभाजन पैदा गरेको छ । यसलाई ब्यवस्थित छलफल, सभा र कार्यक्रमहरु मार्फत आममा पुर्याउंदा देशमा २ वटा दृस्टिकोण, २ प्रबृती, २ सत्ता, दुई ध्रुब बन्ने छ । अर्थात शान्तिपुर्ण रुपमै पनि वर्गसंघर्ष पेचिलो बन्ने छ ।

दोश्रो: पुंजिवादी संसदिय ब्यवस्था पुर्ण रुपमा असफल मात्र होइन यो बैधानिक रुपमै अन्तिम पतनको संघारमा छ । बिकल्प अनिवार्य बनिरहंदा पुंजिवादि आर्थिक प्रणालिको अन्त्य गरेर  बैज्ञानिक समाजवादी सत्ता स्थापना हुने बलियो संभावनालाई मोड्दै आफू अनुकुल हुने सत्ता स्थापना गर्न र नेपाली जनताको चाहानालाई बिसयान्तर गर्ने तहमा समेत प्रतिकृयावादीहरु लागिपरेका छन ।

यो राजतन्त्रको पुनर्वहाली, सैनिक शासन जस्ता विषय अगाडि सार्दै ब्यक्त हुँदै आइरहेको छ । तर समाजमा रहेको अनतर्बिरोधको समाधान यसरी सम्भव छैन । मध्यावधि निर्वाचन भन्दै यसको अस्थाइ टालटुल मात्रै भएपनी गर्ने ध्याउन्नमा लागेको सत्ता अझ गहिरो संकटमा फंस्दै गैरहेको छ ।  बैज्ञानिक समाजवाद नै यी तमाम संकटहरुको सम्पुर्ण समाधान हो । परिस्थिती यसरी बिकास हुँदै आउनुले प्रतिकृयावादको सेवा चाकडी गर्दै आएका संसदवादी नेतृत्वहरुमा जीवन मरणको स्थिती पैदा भएको छ  ।

समाजिक नियमलाई पकड्दै अगाडि बढ्ने कि पछाडी हट्ने ? अर्थात प्रतिकृयावादीहरुको योजनामा लम्पट हुने कि जन आकांक्षा अनुरुप आंफुलाइ रुपान्तरण गरेर आफ्नो जीवन बचाउने ? संसदवादीहरुका अगाडि यक्ष प्रश्न खडा भएको छ र यसले अझ गम्भीर रुप लिंदै संसदवादिहरुको जीवनमा गम्भीर संकट पैदा गर्ने छ । सर्वपक्षिय सभा, अन्तर्कृया र ठुला ठुला छलफलहरुले पैदा गर्ने जनपक्षिय हुने वा जनबिरोधी बन्ने भन्ने परिस्थितिले सबै संसदवादीहरुलाई कित्ता स्पष्ट गर्न बाध्य पार्ने छ । यसले दलाल पुंजिवादलाई गहिरो संकटमा फंसाउदै कुनै गम्भीर गल्ती गर्न बाध्य पार्ने छ र यो उनीहरुको पतन श्रींखलाको अनिवार्य नियती हो । यो गल्ती पनि जनताको सत्ता स्थापना गर्ने संघर्षको निम्ति एउटा सम्भावना बोकेर नै आउने छ ।

तेस्रो: जनमतसंग्रहको प्रस्तावमा संसदवादीहरु सहमत भए बैज्ञानिक समाजवाद र संसदिय ब्यवस्थाको बिचमा निर्वाचन हुने छ । सारत यो निर्वाचन जनता र उत्पिडक सत्ताबिचको संघर्ष नै हो । विभिन्न नाम र कार्यक्रमहरु सहित जनतामा जाने र जनतालाई भ्रमित गरी शासन सत्तामा रहंदै आएका संसदवादिहरुमा समेत यो जनमतसंग्रहले बिभाजन पैदा गरिदिने छ । उनीहरुलाइ जनताको बिरोधी दृस्टिकोण र प्रबृतिको पक्ष लिएर जनतामा जान कठिन हुनेछ । यसले पैदा गर्ने ध्रुवीकरणले रास्ट्रको नंया जीवनबारे फैसला लिनलाई सबै पक्षलाइ मजबुर गरिदिने छ । बैज्ञानिक समाजवाद कि संसदिय पुंजिवाद फैसला यसमा लिनु परे पछि स्थिती के बन्छ सहजै भन्न सकिन्छ । त्यसैले जनमतसंग्रहमा समेत बैज्ञानिक समाजवाद नै बिजयी हुने निश्चित छ ।

चौथो: अर्को तर्फ जनमत संग्रह हुंदा अन्य मुद्धाहरु पनि आंउछन जस्तो राजसंस्था, हिन्दु धर्म इत्यादी भन्ने छ । मुख्य कुरा सत्तामा उत्पन्न संकटको प्रमुख कारण उसको आफ्नै आन्तरिक पक्ष भएपनि यति मात्र सत्य होइन कि नेपालमा वर्गसंघर्षको श्रींखलालाइ सचेतता पुर्वक हाम्रो पार्टिले संचालन गर्नु र जन मनोबिज्ञान हाम्रो द्रीस्टिकोण अनुसार नै रहनुले सत्ता संकटको पर्दापण भएको हो ।

यहाँ कुनै राजसंस्थाको कारण, हिन्दु धर्मको कारण सत्ता संकट प्रस्फुटित भएको होइन । त्यसो हुंदा जनमतसंग्रह स्वभावैले बैज्ञानिक समाजवादलाई चुन्न वा नचुन्नमा केन्द्रीत हुने छ । तर, माथि उठेका मुद्धाहरु जनमतसंग्रहमा प्रस्तावित भएर आंउदैनन भन्न सकिन्न आउन सक्छन । तर, सामन्य नियम के हुन्छ भने ब्यक्तिले अगाडि हिंड्ने बाटोको मेसो पाएन भने मात्र पछाडिबाट घुम्ने हो ।  बैज्ञानिक समाजवाद र यसले दिने कार्यक्रमहरु नै नेपाली समाजको अगाडि हिंड्ने बाटो हो । बैज्ञानिक समाजवादी सत्तासंग आम जनतालाई परिचित गराउनु र हाम्रो विषयलाई इमान्दारिता पुर्वक जनतालाई भन्नुले जनताले मेसो पाउने छन । यो हाम्रो सबैभन्दा महत्त्वपूर्ण दायित्व हो ।

यसमा आत्तिनु पर्ने, भ्रमित बन्नु पर्ने आवश्यकता नै छैन । तपाइलाई तपाईको बैज्ञानिक समाजवाद सम्पुर्ण समाधान हो भन्ने लाग्दैन ? योप्रति तपाइ पुर्णरुपमा बिश्वस्त हुनु हुन्न ? हुनु हुन्छ भने ढुक्क हुनुस सबै खाले प्रतिगामी मुद्धाहरु जनमतसंग्रहमा घुसे पनि बिजय हाम्रो नै निश्चित छ । बरु जनतालाइ बाटो देखाउने, मेसो दिने काममा राम्रोसंग लाग्नु छ । यसको निम्ति बस्तुगत परिवेश परिपक्व छ । आत्मागत परिस्थिती छैन भन्ने कुतर्क आउने गरेका छन यो तर्क सहि छैन । हाम्रो आत्मागत अवस्था पनि बलियो छ, नब्बे केजि बोक्नु पर्ने बेला छ अनि खाली एक सय केजि बोक्ने तागतको कुरा गर्दै त्यसैलाइ आत्मागत भन्ने गलत तर्क गरेर भ्रमित बन्नु हुन्न । यतिबेला हामीसंग अहिले गर्नु पर्ने कामलाई थेग्ने हाम्रो सामर्थ्य पर्याप्त छ । उत्कर्समय संघर्षमा पुग्दा हामीसंग एक सय केजि होइन एक हजार केजि बोक्ने सामर्थ्य हुने छ । हामी जनतालाई बैज्ञानिक समाजवादी सत्तासंग परिचित गराउन सक्छौं, अगाडिको बाटो देखाउन सक्छौं । हाम्रो कुरा स्पस्ट र इमान्दारिता पुर्वक जनतालाई भन्न पायौं र भन्यौं भने यहाँ कुनै प्रतिगामी वा यथास्थितिले मौका पाउने नै छैन ।

पांचौं: यी सबै विषयलाई केलाएरै बस्ने प्रतिक्रियावादीहरु जनमतसंग्रहलाई असफल पार्न विभिन्न षड्यन्त्र र तानाबाना बुनिरहेका छन । नेपाली समाजले अगिंकार गर्ने बैज्ञानिक समाजवादी सत्ताबाट तर्सिएर यतिबेला कंयौ सड्यन्त्र भइरहेका छन । सत्ताको गहिरिदो संकटले पैदा गर्ने संभावना क्रान्तिकारिहरुले नसमातुन भनेर पुंजिवाद सचेत छ । त्यसैले उसले परिस्थितिलाइ अस्थायी रुपमा टाल्न षड्यन्त्र गर्दैछ र संसदवादमा यसको नाङ्गो नाच देखिरहेकै छौं । अर्को तर्फ दलाल पुंजिवाद सचेतता पुर्वक हाम्रो पार्टी र सरकारसंग भएको तीन बुंदे सहमतिलाइ समेत असफल पार्ने चाल चलिरहेको छ ।

उसका यी सम्पुर्ण चाल र षड्यन्त्रहरुले उसको पतनलाई अझ नजिक बनाउदैं लाने छ । हाम्रो पार्टिका नेता कार्यकर्ताहरु छोड्ने र मुद्धा खारेज गर्ने विषयमा उसले जुन चाल चल्न खोजेको प्रतीत हुन्छ यो उसकै निम्ति प्रत्युत्पादक छ । किन कि यो विषयलाई समहती अनुरुप हल नगर्ने हो भने यसले आन्दोलनको स्वरुप ग्रहण गर्ने छ र यो आन्दोलन घनिभुत रुपमा उठ्ने  निश्चित छ । जनतामा पुग्ने छन हाम्रा विषयहरु, जति जति सत्ता षड्यन्त्र गर्दै जान्छ उति उति यो मुद्धा ससक्त र दर्विलो बन्दै जाने छ अर्थात सत्ताको यो षड्यन्त्रमा पनि हामी अनुकुल नै संभावना देखिन्छ ।

अर्को तर्फ जनमतसंग्रहलाई हुन दिएनन भने ? यो प्रश्न महत्वपूर्ण छ । हुन नदिने, असफल तुल्याउने र षड्यन्त्र गर्ने संभावना प्रबल छ । जनमतसंग्रहले जनताको बिचमा आफ्ना सम्पुर्ण कर्तुत खोली दिने भएपछि, जनताबाट नंग्याउने भएपछि हरसंम्भव यो हुन नदिने खेल हुन्छ नै । तर यो षड्यन्त्र पनि हाम्रो निम्ति संभावना लिएर आउँछ । किनकि, हामीले उसको षड्यन्त्र सफल हुंने स्थिती सम्म जनतालाई बाटो देखाइ सकेकै हुन्छौं । जनताको बिचमा पक्षधरता स्पस्ट भैसकेको हुन्छ । जनताले बैज्ञानिक समाजवाद चाहाने र त्यो प्राप्त गर्ने यात्रामा पाइला हाली सकेका हुन्छन । त्यतिबेला पैदाहुने षड्यन्त्रले जनमत उल्टिएर जनबिद्रोह हुने परिस्थितिको सामना गर्नु पर्ने हुन्छ । जनमत संग्रह जस्तो शान्तिपुर्ण निकास खोज्ने माध्यमलाई दुत्कारेर षड्यन्त्र र अपराधकै साहरा यदि पुंजिवादी संसदवादीहरु लिन्छन भने जनताको बिद्रोहको अगाडि धुलो पिठो हुनुको बिकल्प उनीहरुसंग रहने छैन  ।

छैटौं: यतिबेला सिद्दान्तको आंखाले हेर्यो भने वर्गसंघर्ष एकता र संघर्षबाट मात्रालाई  गुणमा रुपान्तरण गर्ने स्थितिमा आइपुगेको छ । यो भनेको दलाल पुंजिवादी सत्ताको बिकल्प बैज्ञानिक समाजवादलाइ संसदिय ब्यवस्थाको सम्पुर्ण असफलताको सम्पुर्ण समाधान बैज्ञानिक समाजवाद हो भन्ने ठांउमा ल्याइपुर्याएको छ । अर्थात वर्गसंघर्षमा उत्पिडकको सत्ता विरुद्ध उत्पिडितले खडा गर्ने सत्ता आमने सामने भएका छन । गुण अगाडि आएको छ । जब गुण अगाडि आउँछ तब पुरानोको अस्तित्व बिलोप हुने हुन्छ तथापी पुरानोले पनि आफ्नो अस्तीत्व बंचाउन हर कोशीस गर्ने छ ।

उसका सवै कोसिसहरु सत्यको अगाडि अर्थात माझिएर आएको, उसकै संकटको समाधान बन्न सक्ने गुणको अगाडि फिक्का साबित हुने छ । त्यसो हुंदा हामीले यतिबेला जनतालाइ आफ्नो सत्तासंग परिचित गराउने र बाटो देखाउने काम गर्नु छ । गुणलाई पुरानोको अस्तित्व बिरुद्ध बिजयी गराउन एउटा बलिदानमय संघर्षको उत्कर्स चुम्नु नै छ । हामीले त्यो उचाइ प्राप्त गर्ने महान सपना साकार पार्न निरन्तर मिहेनत गरौं । गुण अर्थात बैज्ञानिक समाजवादको बिजय आरम्भ भैसकेको छ । लेखक : नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता सुमनसिंह पाैडेल हुन्।

प्रतिकृया दिनुहोस्