News Portal

झापामा प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ

रातोपोस्ट संवाददाता
३२७ पटक

झापा, १५ असार । इलाका प्रहरी कार्यालय दमकले प्रतिबन्धित लागुऔषधको कारोवार गर्ने ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ९ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर र लाखौं रुपैयाँ बरामद गरेको झापा प्रहरीले जनाएको छ । सोमवार दिउँसो दमक–६ थाना रोड स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका गौरादह नपा–५ वालुवथानका २६ वर्षीय विवेक लिम्वु र २२ वर्षीय शौरभ राईलाई प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

दुवैले प्रहरीलाई सो ब्राउन सुगर ईलाम चुलाचुली गापा–४ घर भई हाल दमक नपा–५ वस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र साँवा लिम्वुवाट खरिद गरेको प्रहरीलाई जानकारी दिएका थिए । उनीले प्रहरीलाई दिएको जानकारी अनुसार ब्राउन सुगर विक्रि गर्नेहरु कोठामा नै रहेको जानकारी पछि प्रहरी टोलीले कोठामा खानतलासी गर्दा कोठाभित्र रु ५ लाख १४ हजार तीन सय बरामद भएको छ । उनीहरुले आफ्नो घर ईलाम चुलाचुली गापा.४ मा थप ब्राउन सुगर राखेको प्रहरीलाई जानकारी दिएका थिए ।

खानतलासी गर्दा बिक्रम राईको कोठाबाट प्लाष्टिकको १ पोका प्लाष्टिक सहित ५ ग्राम १२० मिलिग्राम र प्लाष्टिक वाहेक ५ ग्राम र खगेन्द्र साँवाको कोठबाट प्लाष्टिक सहित २ ग्राम ५७० मिलिग्राम, प्लाष्टिक बाहेक २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर भेटिएको छ । प्रहरीका अनुसार ३ थान मोवाईल सेट समेत बरामद गरि थप अनुसन्धानका लागि इलाका प्रहरि कार्यालय दमकमा राखिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्