News Portal

स्पेन र स्विट्जरल्यान्ड यूरो कपको क्वाटरफाइनलमा, फ्रान्स र क्रोएसिया बाहिरिए

रातोपोस्ट संवाददाता
३९३ पटक

काठमाडौं, १५ असार । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । त्यस्तै साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

प्रतिकृया दिनुहोस्