News Portal

मंगलबार थपिए २ हजार ६३६ कोरोना संक्रमित, ४ हजार ३४८ निकाे भए

रातोपोस्ट संवाददाता
३२९ पटक

काठमाडौं, १५ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ ‘पीसीआर’ र ३३ हजार ९४१ ‘एन्टिजेन’ जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यस्तै काेराेनाबाछ मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्