News Portal

  • वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

    रातोपोस्ट संवाददाता
    १०६ पटक

    हेटौँडा, १५ असार । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८÷०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए । उनले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए ।

    प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्